भारतीय उपराष्ट्रपतिलाई कोरोना संक्रमण
मङ्गलबार, १३ असोज २०७७, २३ : ०१
एजेन्सी । भारतीय उपराष्ट्रपति वैंकया नायडुलाई कोरोना संक्रमण भएको छ । उपराष्ट्रपति नायडुलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । भारतीय उपराष्ट्रपतिको सचिवालयले ट्वीटरमार्फत सो कुराको जानकारी दिएको छ ।
सचिवालयले ट्वीट गर्दै भनेको छः ‘भारतका उपराष्ट्रपतिको आज बिहान नियमित कोरोना परीक्षण गरिएको थियो, नतिजा पोजेटिभ आएको छ । यद्यपि, उहाँ कुनै लक्षण देखिएको छैन, उनी अहिले स्वस्थ रहेका छन् ।’
ट्वीटमा भनिएको छः ‘उनलाई होम क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको छ । उनकी श्रीमती उषा नायडुको पनि कोरोना परीक्षण गरिएको थियो, उनको भने नतिजा नेगेटिभ आएको छ । उनी अहिले सेल्फ आइसोलेसनमा रहेकी छिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण