गाउँपालिकाले चौबिस श्ययाको कारोना अस्पताल निर्माण गर्दै
बाग्मती । विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमण नियन्त्रण तथा त्यसको उपचारका लागि मनहरी गाउँपालिकाले २४ श्ययाको आइसोलेसनसहित कारोना विशेष अस्पताल निमार्ण शुरु गरेको छ ।
सो गाउँपालिकाको वडा नं ८ सिम्पानीमा रहेको आइसोलेसन कक्षलाई स्तरोन्नति गरी २४ श्ययाको कोरोना विशेष अस्पतालका रुपमा स्थापना गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । स्वास्थ्य मन्त्रालयको रु १० लाख अनुदान र वाग्मती प्रदेश सरकारको रु १० लाख सहयोगमा उक्त अस्पताल निमाण भइरहेको बताइएको छ ।
अस्पतालका लागि आवश्यक सामान खरिदको काम भएको र थप उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको अध्यक्ष उप्रेतीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले पाँच श्ययाको अस्पताल स्थापनाका लागि आदेश गरेको तर २४ श्ययाको अस्पताल स्थापना शुरु भएको अस्पताल निर्माण समितिका संयोजक ज्योतिराज लुइँटेलले बताए ।
अस्पतालमा एक जना चिकित्सक, दुई नर्स तथा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । त्यहाँ सघन उपचार कक्षसमेत बनाइनेछ । अध्यक्ष उप्रेतीका अनुसार उत्कृष्ट एवं नमूना कारोना आइसोलेसन अस्पताल निर्माण गर्नेगरी काम भइरहेको छ । मनहरि गाउँपालिकामा एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण