खतिवडा अमेरिका जाने खबरले सेयर बजारमा उत्साह
काठमाडौं । सेयर बजारमा आज (साताको अन्तिम कारोबार) उत्साह देखिएको छ । बजार २०.६१ अंकले बढेर १५७१.०४ विन्दुमा रोकिएको छ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई सरकारले अमेरिकी राजदूतमा सिफारिस गरेपछि बजार बढेको छ । अर्थमन्त्री पदबाट बाहिरिए पनि उनलाई प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार बनाएका थिए ।
कतिपयले उनलाई पर्दा पछाडीको अर्थमन्त्री समेत भन्ने गरेका थिए । पर्दा पछाडीकै अर्थमन्त्रीबाट शसंकित बनेको बजारमा आज भने उत्साह देखिएको छ । आज २ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज जलविद्युत र म्युचुअल फण्ड बाहेक सबै समूहमा बढोत्तरी छ । जलविद्युत समुह २४.७६ अंकले घटेको छ भे म्युचुअल फण्ड ०.०१ अंकले घटको छ ।
आजको कारोबारमा १ सय ९३ कम्पनी सामेल भए । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ३३२.४१ अंकले बढेको छ भने जीवन बिमाको १५७.३३ अंकले बढेको छ । विकास बैंक समूह ६५.४८ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूहतर्फ ४९.७९ अंक बढेको छ । ट्रेडिङ तर्फ १९.५३, बैंकिङतर्फ १८.८६, होटल ८.०८, फाइनान्स ५.७९, माइक्रोफाइनान्स २०.८१, अन्य समुह २.९७ अंकले बढेको छ ।
सबैभन्दा बढी कमाउने उत्कृट २ मा विकास बैंक नै रहेको छ । आज सबैभन्दा बढी कमाउने सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । त्यसपछि कामना सेवा विकास बैंक, मल्टिप्रपोज फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर लगायतले सबैभन्दा धेरै कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा
-
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
चाडपर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा योगदान पुर्याइरहेका छन् : मुख्यमन्त्री सिंह
-
बकर इदको अवसरमा मस्जिदहरूमा सामूहिक नमाज पढ्दै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)
-
चार नेपाली मृत फेला परेपछि अमेरिकामा शोकमा डुब्यो नेपाली समुदाय
-
हरेक चाडपर्वहरूको ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ : अध्यक्ष प्रचण्ड