खतिवडा अमेरिका जाने खबरले सेयर बजारमा उत्साह
काठमाडौं । सेयर बजारमा आज (साताको अन्तिम कारोबार) उत्साह देखिएको छ । बजार २०.६१ अंकले बढेर १५७१.०४ विन्दुमा रोकिएको छ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई सरकारले अमेरिकी राजदूतमा सिफारिस गरेपछि बजार बढेको छ । अर्थमन्त्री पदबाट बाहिरिए पनि उनलाई प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार बनाएका थिए ।
कतिपयले उनलाई पर्दा पछाडीको अर्थमन्त्री समेत भन्ने गरेका थिए । पर्दा पछाडीकै अर्थमन्त्रीबाट शसंकित बनेको बजारमा आज भने उत्साह देखिएको छ । आज २ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज जलविद्युत र म्युचुअल फण्ड बाहेक सबै समूहमा बढोत्तरी छ । जलविद्युत समुह २४.७६ अंकले घटेको छ भे म्युचुअल फण्ड ०.०१ अंकले घटको छ ।
आजको कारोबारमा १ सय ९३ कम्पनी सामेल भए । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ३३२.४१ अंकले बढेको छ भने जीवन बिमाको १५७.३३ अंकले बढेको छ । विकास बैंक समूह ६५.४८ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूहतर्फ ४९.७९ अंक बढेको छ । ट्रेडिङ तर्फ १९.५३, बैंकिङतर्फ १८.८६, होटल ८.०८, फाइनान्स ५.७९, माइक्रोफाइनान्स २०.८१, अन्य समुह २.९७ अंकले बढेको छ ।
सबैभन्दा बढी कमाउने उत्कृट २ मा विकास बैंक नै रहेको छ । आज सबैभन्दा बढी कमाउने सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । त्यसपछि कामना सेवा विकास बैंक, मल्टिप्रपोज फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर लगायतले सबैभन्दा धेरै कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण