चीनको राष्ट्रिय दिवसमा हङकङमा विरोध प्रदर्शन, दर्जनौ गिरफ्तार
एजेन्सी । चीनको राष्ट्रिय दिवसमा हङकङमा विरोध प्रदर्शन गर्ने दर्जनौ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार हङकङको दंगा व्यवस्थापनका लागि खटिएको प्रहरीले दर्जनौ प्रदर्शनकारीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सो विरोध प्रदर्शनमा जान लागिरहेका व्यक्तिहरुलाई समेत रोकेको थियो । आफ्नो भ्यानसहित विभिन्न बस्तीमा पुगेको प्रहरीले दर्जनौ जनालाई गिरफ्तार गरेको थियो । हङकङको स्वशासित क्षेत्रका रुपमा रहेको हङकङमा स्वतन्त्रताका पक्षमा बेला बेलामा चीनविरोध प्रदर्शनहरु हुने गर्छन् ।
अक्टोबर १ मा चिनियाँ राष्ट्रिय दिवस पर्ने गर्छ। राष्ट्रिय दिवसका अवसरमा बेइजिङका लगायतका शहरहरुमा फूलले सिँगार्ने चलन छ। सन् १९४९ अक्टोबर १ तारिख थिआनआनमन क्षेत्रबाट अध्यक्ष माओत्सेतुङले जनगणतन्त्र चीन घोषणा गरेका थिए । त्यसपछि हरेक वर्ष अक्टोबर १ त्यहाँ राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण