जुम्लाको सदरमुकाम खलङ्गा सिल
शुक्रबार, १६ असोज २०७७, ०९ : १९
जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो ।
चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।
उनले भने, “बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म सदरमुकाम खलङ्गा अर्थात् नगरपालिका क्षेत्र सिल गरिएको हो ।”
कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुपमङ्गल समालले जानकारी दिए । उनले भने, “अहिले आकस्मिकबाहेक अरु सेवा पनि अस्पतालबाट बन्द गरिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण