सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कृषकका गुनासा सुन्न 'कल सेन्टर'

शुक्रबार, १६ असोज २०७७, ०९ : ३४
शुक्रबार, १६ असोज २०७७

नेपालमै पहिलोपटक पोषण एप्स प्रयोगमा ल्याएको भेरी नगरपालिकाले फेरि कृषकका गुनासा सम्बोधन गर्न निःशुल्क टोल फ्रि नम्बर प्रयोगमा ल्याएको छ । 

‘किसान कल सेन्टर’ नाम दिइएको उक्त फोन सेवा निःशुल्क हुने भेरी नगरपालिकाले जनाएको छ ।

नगरको कृषि शाखामा रहने उक्त कल सेन्टरमा कृषकले आफूलाई परेको समस्याबारे जिज्ञासा राख्दा समाधान पाउने अपेक्षा लिइएको छ । 

कृषकले अब १६६०८९४३००३ मा सम्पर्क गर्न नगरले अनुरोध गरेको छ । गाउँ–गाउँबाट सानो समस्य लिएर सदरमुकाम आउनुभन्दा फोनमार्फत समस्या राखेर समाधान भएमा समय र दुःख दुवै बच्ने नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप