मोदीको नयाँ विमान एयर इन्डिया वन, के छ विशेषता ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द र अन्य भिभिआइपीका लागि विशेष अर्डरमा अमेरिकामा दुई एयर इन्डिया वन (बोइंग ७७७) विमान तयार गरिएको छ । यी दुबै विमानमध्ये एउटा बिहिबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्ट पुग्यो ।
यो खबरलाई नवभारत टाइम्सले आफ्नो पहिलो पानामा प्रकाशित गरेको छ ।
पत्रिकाका अनुसार यो विमान एयर इन्डियाको कमर्शियल क्षेत्र अन्तर्गतको हो र यसलाई अमेरिकाको राष्ट्रपतिको विशेष विमान एयरफोर्स वन जस्तै मिसाइल हमलाबाट बचाउनेजस्ता सुरक्षाका विशेषताले सुसज्जित गर्नका लागि बोइंगमा पठाइएको थियो ।
पत्रिकाका अनुसार यी दुबै विमानलाई अपग्रेड गर्नका लागि ८,४०० करोड खर्च आएको छ । यी दुबै विमान मिसाइल डिफेन्स सिस्टमबाट सुसज्जित छ । यो प्रविधिलाई अमेरिकाबाट १,३८९ करोडमा खरिद गरिएको छ ।
पत्रिकाले स्रोतलाई उद्धृत गर्दै जसबसम्म एयर फोर्सका पाइलटलाई यो चलाउन पूर्ण तालिम दिइँदैन तबसम्म एयर इन्डियाका पाइलटले नै यसको सञ्चालन गर्ने जानकारी दिएको छ ।
यो विमानले मोदीको यात्रामा प्रयोग हुने वी–७४७ को स्थान ओगट्नेछ । यो विमानमा विभिन्न प्रकारका विशेष सुविधा दिइएको छ । यसमा एउटा विशेष सिक्योरिटी सुइट छ जसका कारण भिआईपीको सुरक्षामा कुनै खतरा हुनसक्दैन । यसमा भिडियो र अडियो संवादको सुविधा पनि छ । यो विमानभित्र एउटा सानो मेडिकल सेन्टर पनि बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण