रिडी–रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध
गुल्मी । गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड एक हप्तादेखि अवरुद्ध भएको छ । यही असोज ११ गतेदेखि उक्त सडकखण्डको विष्णुपञ्जरमा माथिबाट निरन्तर रुपमा खसेको पहिराले गर्दा सडक अवरुद्ध भएको हो । यसबाट जिल्लाको रिडीबाट सत्यवती, कालीगण्डकी, चन्द्रकोट गाउँपालिका हुँदै वाग्लुङसम्म जाने सवारी तथा यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।
पटकपटक सडक खुलाउने प्रयास गर्दा पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएपछि अझैसम्म पनि चलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय,का सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए । कालीगण्डकी करिडोर गौँडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना, पाल्पाका योजना प्रमुख नरेन्द्र सुवेदीले आफूले उक्त सडकको अनुगमन गरिसकेकाले पहिरो नरोकिएसम्म सडक खुलाउन नसकिने जानकारी दिए ।
सडक खुलाउनका लागि दुई यन्त्र तयारी अवस्थामा राखिएका छन् । पहिरो झर्ने क्रम रोकिएसँगै सडक खुल्ने उनको भनाइ छ । उक्त सडकको विकल्पमा तम्घास–इन्द्रेगौँडा सडक प्रयोग गर्न उनले आग्रह गरे । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सडक खुलाउन पहल भइरहेको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण