नायिका मिस्टि मुखर्जीको निधन, यसकारण बिग्रिएको थियो स्वास्थ्य
बंगाली र हिन्दी फिल्ममा अभिनय गरिसकेकी नायिका मिष्टि मुखर्जीको २७ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बेलुका बेंगलुरुमा निधन भएको हो । रिपोर्ट अनुसार नायिकाको अन्तिम संस्कार शनिबार गरिएको छ ।
सन् २०१३ मा गरिन् बलिउड डेब्यूः
सन् २०१३ मा फिल्म ‘मे कृष्णा हुँ’ बाट बलिउड डेब्यू गर्ने मिष्टि मुखर्जी मृगौलाको समस्यासँग जुधिरहेकी थिइन् र पछिल्लो केही महिनादेखि किटो डाइटमा थिइन् । मिष्टि मुखर्जीको परिवारमा उनका आमा–बुवा र भाइ छन् ।
थुप्रै आइटम नम्बरमा गरिन् कामः
फिल्म ‘मे कृष्णा हुँ’ मा डान्स नम्बर गरेपछि मिष्टि मुखर्जीले निर्देशक राकेश मेहताको फिल्म ‘लाइफ की तो लग गई’ मा काम गरिन् । मिष्टि मुखर्जी बोल्ड म्युजिक र आइटम नम्बर्समा निकै चर्चित थिइन् । यसबाहेक उनी थुप्रै ठूला पार्टी र कार्यक्रममा देखिन्थिन् ।
विवादमा आयो नामः
सन् २०१४ मा मिष्टि मुखर्जीको एउटा ठूलो विवादमा नाम मुछियो त्यसपछि मुम्बईमा उनको घरको अनुसन्धान गर्दा ठूलो परिमाणमा अश्लिल सिडी बरामद भएको थियो । यो मामिलामा उनका पिता र भाइलाई पक्राउ गरिएको थियो तर पछि उनलाई जमानतमा छोडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण