प्रदेश ५ का राजधानी विवाद : बुटवलमा निषेधाज्ञा तोड्दै बिहानैबाट प्रदर्शन
प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै यहाँका विभिन्न ठाउँमा प्रर्दशन शुरु भएको हो । प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले रुपन्देही बन्दको आह्वान गरेको छ भने यहाँका बुटवलका व्यवसायिक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवलको राजमार्ग चौराहादेखि ट्राफिकचोकसम्म र्याली निकालेका छन् ।

निषेधाज्ञा र बन्दका कारण सडकमा सार्वजनिक र निजी कुनै पनि गाडी चलेका छैनन् । प्रर्दशनकारीहरुले रुपन्देहीको तिलोत्तमा, सैनामैना,भैरहवा लगायतका विभिन्न ठाउँमा जम्मा भएर आन्दोलन गरेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको थियो ।

तर प्रशासनको निर्देशनको उल्लङ्घन गर्दै बुटवलमा व्यवसायीक संघ संस्थाको र्यालीलाई सम्बोधन गर्दै बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष खेम हमालले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवलमा राजधानी निर्णयको कडा आन्दोलन गर्ने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण