अमेरिकी प्रविधि चोरेर पाकिस्तानले मिसाइल बनाएको नवाज सरिफको खुलासा
एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खान र पूर्व प्रधानमन्त्री नवाज सरिफबीचको विवाद चर्किएको छ । नवाज सरिफले आफ्ना अभिव्यक्तिमार्फत लगातार सरकार र सेनामाथि निशाना साँधिरहेका छन् । यता, प्रधानमन्त्री इमरानले सरिफ भारत निकट रहेको प्रचारवाजी गरिरहेका छन् ।
यही वाकयुद्धका दौरान सरिफले नयाँ खुलासा गरेका छन् । उनले अमेरिकी प्रविधि चोरेर आफुले पाकिस्तानी सेनालाई सुदृढ बनाएको दाबी गरेका हुन् । उपचारका क्रममा लण्डनमा रहेका पूर्वप्रधानमन्त्री सरिफले देशका लागि ज्यान गुमाउने सहिदहरुप्रति आफुलाई सधैं गर्व महसुस हुने बताए । उनले पाकिस्तानी सेनाको सुदृढीकरणका लागि आफुले धेरै काम गरेको दाबी गरे । ‘देशमा अहिले जति पनि मिसाइल्स छ, त्यसमध्ये आधा मिसाइल्स मैले तयार गरेको हुँ,’ उनले भने,‘ पाकिस्तानसँग अहिले जो टोमाहक मिसाइल्स छ, त्यो मेरै कार्यकालमा तयार भएको हो । तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पास्कितानमाथि मिसाइल हमला गरेका थिए र यस दौरान नपड्किएको एउटा मिसाइल हामीले फेला पार्यौं । सेनाले त्यो मिसाइललाई उठाएर पाकिस्तान ल्यायो । त्यसको इन्जिनियरिङ भयो र हामीले अहिलेको मिसाइल तयार गर्यौं ।’
उनले भने, ‘पाकिस्तानीहरुको दिमाग सानो छैन । हामीलाई गर्व छ कि हामीले यो मिसाइल्स तयार ग¥यौं ।’ नवाज सरिफ १९९३ मा पहिलोपटक पाकिस्तानको प्रधानमन्त्री चुनिएका थिए । उनले १९९३ सम्म पहिलो कार्यकाल चलाए । त्यसपछि १९९७ मा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भए, तर १२ अक्टुबर १९९९ मा सरिफलाई ‘कू’ गरेर पाकिस्तानी सेनाप्रमुख जनरल परवेज मुसर्रफले शासनसत्ता हातमा लिए । २०१३ मा उनी फेरि प्रधानमन्त्री चुनिए । तर, यसपटक पनि पूर्ण कार्यकाल चलाउन पाउनन् । २०१७ मा भ्रष्टाचार मुद्दामा दोषी भेटिएपछि उनले बाध्य भएर राजिनामा दिनुपर्यो ।
२०१८ मा उनले कुनै पनि सार्वजनिक पद धारणा गर्न नपाउने फैसला पाकिस्तानको सर्वोच्च अदालतले सुनायो । उनीविरुद्ध १० वर्षको जेल सजाय पनि सुनाइएको थियो । तर स्वास्थ्यमा समस्या देखिएपछि पाकिस्तानको अदालतले गत वर्ष नोभेम्बरमा उनलाई ४ हप्ताका लागि उपचारका लागि विदेश जाने अनुमति दियो । उपचारका लागि लण्डन गएका सरिफ त्यसयता फर्किएका छैनन् । उनले लण्डनमै बसेर प्रधानमन्त्री इमरान खानको विरोध गरिरहेका छन् । यता, अदालतले उनलाई भगौडाको सूचीमा राखिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण