प्रदेश ५ राजधानी विवादः कानुन मस्यौदा समितिका सभापतिले दिए राजीनामा
बुटवल । प्रदेश ५ मा राजधानीको विषयमा विवाद बढ्दै गइरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापतिले राजीनामा दिएका छन् ।
रुपन्देहीका सांसद् भोजप्रसाद श्रेष्ठले प्रदेश ५ को कानुन मस्यौदा समितिको सभापतिबाट राजीनामा दिएका हुन् । उनी बुटवल राजधानी हुनपर्ने पक्षमा रहेका थिए ।
उनले रातोपाटीसगँ भने ‘मलाई राजधानीसँग सभापति पद साटेको आरोप लाग्यो, त्यस कारण आजका मितिदेखि सभापतिबाट राजीनामा दिएको घोषणा गरेको छु ।’
सांसद् श्रेष्ठलाई प्रदेश सरकारले केही हप्ता अघि मात्रै समितिको सभापतिमा नियुक्ति गरेको थियो।
नेकपा संसदीय दलको बैठक बोलाइएको बैठकमा पनि उपस्थित भएका छैनन्। संसदीय दलले सोमबार बिहान ७ बजे बैठकका लागि डाकेको थियो। उनी रुपन्देही क्षेत्र २ को १ बाट निवाचित भएका छन् । प्रदेशसभामा दाङमा प्रदेश राजधानी बनाउने प्रस्ताव पेश भएपछि अहिले तरंग उत्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण