प्रदेशसभा बैठकमा बबाल, काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड
काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ ।
राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको छ । सोही क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको पहिलो बैठक पनि अवरुद्ध गरेको थियो ।
पहिलो बैठक अवरुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा थप तनाव उत्पन्न भएको हो । बैठकमा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी भाँचेका हुन् ।
काँग्रेसको नाराबाजी र तोडफोडका बीच पनि सभामुखले बैठक अघि बढाए । आजको बैठक विरोधकैबीच सकेर मंगलबार मध्यान्ह १२ बजे पुन: बोलाइएको छ ।
कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो। सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि काँग्रेस रुष्ट बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण