माछापुच्छ्रे बैंकको २०/२० स्मार्ट योजना, अनलाइन भुुक्तानीमा २०% क्यासव्याक

काठमाडौं । स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ग्राहक लक्षित २०/२० (ट्वेन्टी/ट्वेन्टी) स्मार्ट योजना संचालनमा ल्याएको छ ।
चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिंगका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर संचालनमा ल्याएको हो ।
उक्त अफर योजनाअन्तर्गत ग्राहकहरुले माछापुच्छ्रे बैंकको डेविट कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा ई–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिङ्गबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा रु.२०० सम्मको क्यास व्याक अफर प्राप्त गर्न सक्नेछन् ।
बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा २० दिनसम्म संचालन हुने २० प्रतिशत क्यासव्याक अफरमा सहभागि भई क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले क्यासब्याक अवधिभर कम्तीमा रु.२०० बरावरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ ।
कोभिड १९को जोखिम बढि नै रहेको र चाडबाडको समय नजिकिँदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकले उक्त २०–२० स्मार्ट योजना संचालनमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश
-
वाईसीएल नेतृत्वबारे खुमलटारमा जुटेन सहमति, भोलि निर्वाचन हुने
-
फोनपेको स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५ सुरु
-
शिक्षक महासंघको छलफललाई देखाएर विद्यालय शिक्षा विधेयकबाट पन्छिँदै सरकार
-
नेसपा (नयाँ शक्ति) को लोगो र चिन्ह दुरुपयोग नगर्न यादव समूहलाई निर्वाचन आयोगले गरायो सचेत
-
एनसेलको ‘लिग अफ क्रिएटर्स’ सुरु : १० लाख रुपैयाँको ब्रान्ड डिल जित्ने सुनौलो अवसर