राजधानी विवाद : रुपन्देहीका नेकपा कार्यकर्ताहरुले दिए संयुक्त राजीनामा
बुटवल । प्रदेश ५ को प्रदेशसभामा सरकारले दाङ राजधानी प्रस्तावको विरोध गर्ने नेकपा निकट ३५ विभिन्न व्यवसायी संघ, समाजिक संस्था प्रतिनिधीहरुले राजीनामा दिने घोषणा गरेका छन् ।
उनीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गर्दे बुटवल हरेक दृष्टिकोणले पायक पर्ने भएपनि पार्टीले गतल निर्णय गरेको अरोप लगाउँदै उनीहरुले पार्टी सदस्यबाट राजीनामा बुझाउने घोषणा गरेका छन् ।
उनीहरुले राजधानी प्रस्ताव फिर्ता नदिए पार्टीमा बस्नुको कुनै तुक नभएको बताए । गृहकार्य बिना एकलौटी रुपमा राजधानीको बिषयमा निर्णय गरको उनीहरुको आरोप छ ।
रुपन्देही उद्योग संघ अध्यक्ष बावुराम बोहराले पार्टीले गतल काम गरेकाले उद्योगी, व्यावसायीहरुले पार्टी सदस्यबाट राजीमाना दिन लागेको बताए । रुपन्देही उद्योग संघको अध्यक्ष भएपनि पार्टीको नगर सदस्य रहेको उल्लेख गर्दे पार्टीले बुटवलको हितमा काम गर्न नसकेको बताए ।
रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, पश्चिम नेपाल नेपाल वस व्यवासयी प्रा.लि.का नारायण घिमिरे, होटल व्यवसायी माधव नेपाललगायतले राजीनामा पार्टी कार्यालयका बुझाउने पत्रकार सम्मेलनमा बताएका छन् । माधव नेपालका अनुसार ३५ वटा संस्थाका झन्डै २३ सय पार्टी सदस्यहरुले राजीमाना दिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण