प्रदेश ५ को राजधानी र नाममा मतदान प्रक्रिया सुरु
बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामको पक्षमा मतदान प्रक्रिया शुरु भएको छ । मन्त्री कुल बहादुर केसीले ल्याएको प्रस्तावमा सभामुख पुर्णबहादुर घर्तीले मतदानको घण्टी बजाउन निर्देशन दिएका छन् ।
प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमाथि मतदान भइरहेको हो । अहिले प्रदेशसभा सांसदहरू मतदानमा सहभागी भएका छन् ।
मतदानमा उक्त प्रस्ताव असफल भएका अन्य संशोधन प्रस्तावको प्रक्रिया आगडि जानेछ । यदी शुरुमा सरकारले ल्याएको पक्षमा दुई तिहाई पुगेमा ती संशोधन प्रस्तावहरु स्वतः खारेज हुनेछ ।
यसअघि काँग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
संशोधन प्रस्तावमा काँग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनुपर्ने उल्लेख गरेका थिए ।
यस्तै जसपाका पुरमति ढेगा र सहसराम यादवले प्रदेशको नाम थरुहट अगध मगरात राख्न प्रस्ताव गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण