शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

तनावका बीच टुंगो लाग्यो प्रदेश ५ को राजधानी, देउखुरी कायम भयो राजधानी

मङ्गलबार, २० असोज २०७७, १५ : ४१
मङ्गलबार, २० असोज २०७७

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ। प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी कायम भएको हो । 

भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे । 

प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत गरेका थिए । 

अब प्रदेशको नाम टुंगो लगाउने विषयमा मतदान प्रकृया शुरु भएको छ । प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरिएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप