चण्डोलको ‘जोडियाक मार्केटिङ’मा प्रहरी छापा, ३ करोडको म्याद सकिएको सामान बरामद
काठमाडौं । काठमाडौं महानगरपालिका–४ चण्डोलस्थित जोडियाक मार्केटिङ टिस्ट्रिब्यूटर्समा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले छापा मारेर सो डिस्ट्रीब्यूटर्सबाट करिब ३ करोड मुल्य पर्ने म्याद सकिएको खाद्य सामग्री बरामद गरेको छ ।
म्याद गुज्रेको सामानलाई पुनः नयाँ मिति प्रिन्ट गरेर बजारमा पठाउने डिस्ट्रीब्यूटर्सका सञ्चालकसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले बताए । पक्राउ पर्नेमा सञ्चालक जितेन्द्रकुमार लोहिया, लेखापाल मुकेश रौनियर र स्टोर किपर अनिल मगर छन् ।
चण्डोल स्थित सो डिस्ट्रीब्यूटर्सबाट प्रहरीले म्याद नाघको बिस्कुट, तेल, बच्चाको लागी प्रयोग हुने डाईपर, टिस्यू पेपर र चकलेट बरामद गरेको छ । म्याद सकिएको खाद्या सामग्रीमा नयाँ मिति प्रिन्ट गर्ने मेशिन पनि फेला परेको एसपी राठौरले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना : सरकारी टिभीले भन्यो – कोही पनि बाँचेको संकेत छैन
-
बागमती प्रदेश : मन्त्रालय विभाजनसँगै एमालेमाथि नैतिकताको प्रश्न खडा
-
इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा षड्यन्त्र भएको आशङ्का, अमेरिकी सांसदले के भने ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु, सबैभन्दा बढी सुन्दरीजलमा
-
नरभक्षी बाघ मर्यो
-
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने