चण्डोलको ‘जोडियाक मार्केटिङ’मा प्रहरी छापा, ३ करोडको म्याद सकिएको सामान बरामद
काठमाडौं । काठमाडौं महानगरपालिका–४ चण्डोलस्थित जोडियाक मार्केटिङ टिस्ट्रिब्यूटर्समा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले छापा मारेर सो डिस्ट्रीब्यूटर्सबाट करिब ३ करोड मुल्य पर्ने म्याद सकिएको खाद्य सामग्री बरामद गरेको छ ।
म्याद गुज्रेको सामानलाई पुनः नयाँ मिति प्रिन्ट गरेर बजारमा पठाउने डिस्ट्रीब्यूटर्सका सञ्चालकसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले बताए । पक्राउ पर्नेमा सञ्चालक जितेन्द्रकुमार लोहिया, लेखापाल मुकेश रौनियर र स्टोर किपर अनिल मगर छन् ।
चण्डोल स्थित सो डिस्ट्रीब्यूटर्सबाट प्रहरीले म्याद नाघको बिस्कुट, तेल, बच्चाको लागी प्रयोग हुने डाईपर, टिस्यू पेपर र चकलेट बरामद गरेको छ । म्याद सकिएको खाद्या सामग्रीमा नयाँ मिति प्रिन्ट गर्ने मेशिन पनि फेला परेको एसपी राठौरले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण