मजदूरमा कोरोना देखिएपछि तातोपानी नाका फेरि बन्द
मङ्गलबार, २० असोज २०७७, २० : १२
काठमाडौं । मजदूरमा कोरोना पोजेटिभ देखिएपछि तातोपानी नाका फेरि बन्द भएको छ । लोड अनलोड गर्ने ३ जना मजदूरहरुमा कोरोना पोजेटिभ देखिएलगत्तै नाका बन्द भएको हो । उनीहरुको नेपाल र चीनमा गरी दुईपटक कोरोना परीक्षण गरिएको थियो । नेपाली परीक्षण नेगेटिभ नतिजा आएका मजदूरमा चिनियाँ ल्याबमा परीक्षण गर्दा नतिजा पोजेटिभ आएको जनाइएको छ ।
शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ चालक तथा लोड गर्ने श्रमिकहरुको आइतबार कोरोना परीक्षण गरिएको र तीमध्ये ३ जनामा संक्रमण देखिएको जनाइएको छ । मजदूरहरुमा कोरोना संक्रमण देखिएपछि नाका बन्द भएको छ भने चीनतर्फ रहेका नेपाली मजदूरलाई फर्काउने विषयमा कुराकानी भैरहेको तातोपानी भन्सार कार्यालयको भनाई छ । सो नाका आइतबारदेखि सञ्चालनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण