ट्रम्पको कोरोनासम्बन्धि पोस्ट फेसबुकले हटायो, ट्वीटरले लुकायो
फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड–१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् ।
कोरोना पोजेटिभ पाइएपछि राष्ट्रपति ट्रम्पको तीन दिनसम्म अस्पतालमा उपचार चल्यो । उनी अहिले ह्वाइट हाउसमा फर्किसकेका छन् ।
ट्रम्पले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘फ्लू सिजनको साथमा बाँच्न सिक्नुहोस् । हुन त हामी कोभिडसँग बाँच्न सिकिरहेका छौं, धेरैजसो जनसंख्यामा यो निकै कम घातक छ ।’
ट्रम्पले ट्वीटरमा पनि यो सन्देश राखेका थिए । यसलाई ट्वीटरले लुकाइदिएको छ ।
उनको यो ट्वीटमा एउटा चेतावनी लेखिएको देखिएको छ जसमा यो भ्रामक र सम्भावित रुपमा हानिकार जानकारीयुक्त सन्देश बताइएको छ ।
प्रयोगकर्ताले चेतावनी पढेर क्लिक गरेपछि मात्रै उनको ट्वीट देख्न सक्नेछन् ।
यस्तै, फेसबुकका नीति सञ्चार प्रबन्धक एन्डी स्टोनले भने, ‘हामी कोभिड–१९ को गम्भीरताबारे गलत जानकारी हटाइदिन्छौं र हामीले यो पोस्ट पनि हटाइदिएका छौं । र हामीले यो पोस्ट पनि हटाइदिएका छौं ।’
हालसम्म कोभिड–१९ को सटिक मृत्युदर कति हो थाहा छैन तर जोन होपकिन्स युनिभर्सिटीका अनुसार यो धेरैजसो फ्लूको स्ट्रेनभन्दा १० गुणा पा त्योभन्दा बढी हुनसक्छ ।
फेसबुकले यसअघि पनि राष्ट्रपतिको पोस्ट हटाएको छ । यस्तै ट्वीटरले थुप्रै पटक उनको पोस्टलाई डिलिट गर्ने वा चेतावनी दिने जस्ता कारवाही गरिसकेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण