बामदेवको मुद्दाको सुनुवाई स्थगित
बुधबार, २१ असोज २०७७, १४ : ०६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धी सर्वोच्च अदालतमा चलिरहेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा उपाध्यक्ष गौतमसँग सम्बन्धित रिटमाथि चलिरहेको सुनुवाई कोरोना महामारीका कारण स्थगित भएको हो ।
सर्वोच्चका न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पछिल्ला ३ दिनदेखि अदालतको सेवा प्रभावित हुँदै आएको छ । यसअघि असोज १४ गते सुनुवाइ भएको गौतमको रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई भएको थियो ।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य नियुक्त गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण