सुशान्तले पाँच वर्षमा ७० करोड कमाएः यी मध्ये ५५ लाख रियामाथि खर्च गरे, धेरैजसो स्पा, यात्रा र उपहारमा खर्चिए
एकातिर बलिउड नायका सुशान्त सिंह राजपूतको मृत्युलाई एम्सको फोरेन्सिक टिमले ‘आत्महत्या’ बताइसकेको छ भने अर्कोतर्फ उनको बैंक खाताको फारेन्सिक अडिट रिपोर्टमा पनि केही संदिग्ध सुराग भेटिएन । इन्डियन एक्सप्रेसको खबर अनुसार सुशान्तको सबै बैंक खातामा पछिल्लो ५ वर्षको क्रममा ७० करोडको लेनदेन भयो जसमा ५५ लाख रिया चक्रवर्तीसँग सम्बन्धित पाइयो । धेरैजसो पैसा यात्रा, स्पा र उपहार खरिद गर्नका लागि खर्च गरियो ।
सिबिआईले अब यी कोणबाट पनि अनुसन्धान गर्नेः
आत्महत्याको मामिला स्पष्ट भएपछि सिबिआइले अब यसको कारणबारे अनुसन्धान गर्नेछ । यसमा रिया चक्रवर्ती र उनका भाइको भूमिका, बलिउडमा प्रोफेशनल राइवलरी र भा–भतिजावाद, नशालु औषधीको दुरुपयोग र राजपूतको मानसिक स्वास्थ्यबारे अनुसन्धान हुनेछ ।
९० दिनमा ३.२४ करोड भारुको ट्रान्जेक्सनः
– १४ अक्टोबर २०१९ मा सुशान्तको बैंक खातामा ४.६४ करोड भारु नगद थियो जुन ९० दिनभित्र घटेर १.४ करोड भएको थियो । जुन पैसा सुशान्तको खाताबाट निकालियो वा ट्रान्सफर भयो, त्यो भेरैजसो रिया चक्रवर्ती र उनको परिवारमाथि खर्च भयो । १४ अक्टोबरमा रियाका भाइ शोविकको अकाउन्टमा ८१, ९०१ भारु ट्रान्सफर भयो ।
– १५ अक्टोबर २०१९ मा ४.३ लाख भारु दिल्लीको होटल ताजमा बस्नका लागि पठाइयो ।
– १६ अक्टोबर २०१९ मा रिया र शोविकलाई दिल्लीको हवाई टिकटका लागि ७६ हजार भारु पठाइयो । त्यसपछिको केही दिनसम्म धेरै थोरै गरी लाखौं रकमको ट्रान्जेक्सन भयो ।
– १४ नोभेम्बर २०१९ मा रियाको नाममा डेढ लाख भारुको ट्रान्जेक्सन भयो ।
– २० र २१ नोभेम्बर २०१९ मा रियाको मेकअप र सपिङमा ७५ हजार भारु खर्च भयो ।
– २४ नोभेम्बर २०१९ मा रियाको सपिङमा २२,२२० भारु खर्च भयो ।
– २५ नोभेम्बरमा यसै खाताबाट रियाका भाइको ट्युशन फी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण