नेपाली दूतावास लण्डनमा नेपाली चलचित्र महोत्सव’ सम्पन्न
लन्डन । बेलायतस्थित नेपाली राजदूतावास लन्डनले मंगलबार साँझ एक कार्यक्रमको आयोजना गरि पहिलोपल्ट ‘नेपाली चलचित्र महोत्सव’ को आयोजना गरेको छ । सिमित व्यक्तिहरुको उपस्थितिमा आयोजित सो कार्यक्रममा बेलायतमा रहेर नेपाली चलचित्र, नाटक, कला तथा संगीतको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई बेलायतका लागि नेपाली राजदूतले डा दुर्गा बहादुर सुवेदीले पुष्पगुच्छा, नेपाली खुकरी तथा मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए ।
बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्यूजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्र महोत्सवको आयोजना गरिएको दूतावासले विज्ञप्ति मार्फत जनाएको छ । महोत्सवमा राजदूत सुवेदीद्वारा लिखित ‘दुख्ने मुटु’ र ‘अधर’ बोलका दुई गीतमा निर्देशक कुशल श्रेष्ठद्वारा निर्देशित म्यूजिक भिडियोहरु तथा निर्देशक सनमकुमार वैरागद्वारा निर्देशित ‘शून्य’ नामक लघु चलचित्रको राजदूत सुवेदीले लोकार्पण गरेका थिए ।
विगत लामो समयदेखि बेलायतमा रहेर कला क्षेत्रमा योगदान पुरयाएबापत निर्देशकद्वय कुशल श्रेष्ठ र सनमकुमार वैरागलाई राजदूतले सम्मान गरेका थिए । यसैगरी करिब अढाई दशक भन्दा बढी समय नेपाली गीत संगीत, नेपाली कला र कलाकारलाई बेलायतमा प्रश्रय दिंदै आएका सपन कुमार राई, चलचित्रकर्मीहरु नायक ध्रुव दत्त, नायिका मिरुना मगर, कलाकार मनिष श्रेष्ठ, निर्माता निकेश लिम्बू , निर्देशक प्रेम लामा, मोडल रोश्ना कार्की र विष्णु खरेल लगायत पनि सम्मानित भएका थिए ।
महोत्सवमा बेलायतमा निर्माण भएका नेपाली चलचित्रहरुलाई समेटेर तयार गरिएको संक्षिप्त भिडियो प्रस्तुत गरिएको थियो । साथै, नाटक तथा चलचित्र निर्देशक तथा कलाकार वैरागले बेलायतमा नेपाली चलचित्रको विकास र विस्तार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण