साझा पार्टीको केन्द्रीय समितिमा ३७ जना थपिए (नामसहित)
काठमाडौं । साझा पार्टीले सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको छ । गत फागुनमा लुम्बिनीमा भएको साझा पार्टीको राष्ट्रिय भेलाले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरिएको संयोजक रवीन्द्र मिश्रद्वारा विहीबार जारी विज्ञप्तिमा उल्लेख छ । केन्द्रीय समिति पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरि नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जाने मिश्रले बताए ।
थपिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन् । समय दिएर अग्रपंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिला, विभिन्न समावेशी समूहका सदस्यको अझै पनि पार्टीले अभाव महसुस गरेको संयोजक मिश्रले जानकारी दिए । साझा पार्टीको केन्द्रीय समितिमा थपिएकाहरुमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदीप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी रहेका छन् ।
त्यस्तै, दीपक पौडेल, हरिप्रसाद गौतम, अर्जुनप्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्लेशर्मा, मधुसुदन केसी, केशवबहादुर मल्ल, सुशीलराज देवकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ पनि साझा पार्टीको केन्द्रीय समितिमा थपिएका छन् । केन्द्रीय समितिमा थपिएका अन्य सदस्यमा लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दीपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे रहेका छन् । देश–विदेशमा रहेका विभिन्न अभियान तथा नागरिक समूहहरू, पुराना दलका इमानदार, कर्मठ र देशभक्त नेता, सदस्य तथा शुभेच्छुकहरू सबैलाई एक जुट हुन पनि साझाले आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण