शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

डा. केसी पक्षमा उच्च अदालत बुटवल बारको ऐक्यबद्धता : राज्य डा. केसी माग डराएर भाग्न खोज्यो

शुक्रबार, २३ असोज २०७७, १८ : ४७
शुक्रबार, २३ असोज २०७७

बुटवल । अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाइ दबाद दिन र जीवन रक्षाको माग गर्दै बुटवलमा ऐक्यबद्धतासभा भएको छ । २६ दिनदेखि अनसर डा.केसी मागहरुको पुरा गनुपर्ने माग सहित नेपाल बार एशोसिएसन उच्च अदालत बुटवलको आयोजनामा जेसिस चोकमा ऐक्यबद्धता सभाको आयोजना गरिएको अहिले भएको छ ।

बार बुटवलकाका अध्यक्ष जोगबहादुर खत्री (बिक्रम)ले चिकित्साक्षेत्रमा भैरहेको बिकृतीका लागि उठाएका मागहरु समयसापेक्ष र जनताका पक्षमा रहेकोे बताए ।

उनले राज्य गोबिन्द केसीसँग डराएर भाग्न खोजेको समेत बताए । कार्यक्रममा बारका सचिब गोबिन्द प्रसाद मरासिनीले सत्याग्रही डा. केसीको माग सम्बोधन नगरे सरकारलाइ महंगो पर्ने चेतावनी दिए ।

कार्यक्रममा ३ मिनेटसम्म केसीको पक्षमा मौन समर्थन समेत गरिएको थियो ।डा केसीले ५ बुदे माग राख्दै आमरण अनसन थालेका थिए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने,राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा काण्डका दोषीलाई कानुन बमोजिम छानविन र कारवाही गर्न माग गरेका छन् ।

१९ औं पटक अनसनमा रहेका डा. केसीको मुटुको चाल तलमाथि हुने, धड्कन बढ्ने छाती दुख्ने यही क्रम जारी रहेको खण्डमा कुनै पनि बेला मुटुको चाल रोकिएर हृदयाघात हुने जोखिम रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप