शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

एकै परिवारका ८ जनामा कोरोना सङ्क्रमण

शनिबार, २४ असोज २०७७, १८ : ०७
शनिबार, २४ असोज २०७७

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना सङ्क्रमण भएको छ । शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो ।
 उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए ।
यससँगै आज जिल्लामा थप ३४ कोरोना सङ्क्रमित बिरामी थपिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए । यससँगै अर्घाखाँचीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९० रहेको छ । कोरोनाका सङ्क्रमणबाट चार जनाको ज्यान गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप