सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार १७७ पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार १७७ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ६२ जनामा कोरोनासंक्रमण पुष्टि भएसँगै प्रदेशमा सकृय संक्रमितको संख्या १ हजार १७७ पुगेको हो ।
सक्रिय संक्रमितमा अछाममा ५१, बैतडीमा ३९, बझाङ्गमा ११०, डडेल्धुरामा १७, दार्चुलामा ७६, डोटीमा ११५, कैलालीमा ६५२, कञ्चनपुरमा ११४, बर्दियामा १, धनुषामा१ र सुर्खेतमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा गरिएको परीक्षणमा कैलालीका ३५, कंचनपुर का १७, बैतडीका ६ ,डोटीका ३,दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलार्ई जानकारी दिए ।
यता, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । हालसम्म अछामका २, बझाङ्गका २, बैतडीका १ ,बाजुराका २ ,डडेल्धुराका १, कैलालीका ९ र कञ्चनपुरका १ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए ।
त्यस्तै, प्रदेशमा निको हुने संक्रमित संख्या ६ हजार ७५६ पुगेको छ । विभिन्न अस्पतालबाट थप २५ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ६ हजार ७५६ पुगेको हो ।
हाल विभिन्न अस्पतालहरुमा १०९ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा २५, टिकापुरमा ४१, महाकालीमा २८, अछाममा १०, डोटीमा २ र डडेल्धुरामा ३ जनाको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख