सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार १७७ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार १७७ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ६२ जनामा कोरोनासंक्रमण पुष्टि भएसँगै प्रदेशमा सकृय संक्रमितको संख्या १ हजार १७७ पुगेको हो ।
सक्रिय संक्रमितमा अछाममा ५१, बैतडीमा ३९, बझाङ्गमा ११०, डडेल्धुरामा १७, दार्चुलामा ७६, डोटीमा ११५, कैलालीमा ६५२, कञ्चनपुरमा ११४, बर्दियामा १, धनुषामा१ र सुर्खेतमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा गरिएको परीक्षणमा कैलालीका ३५, कंचनपुर का १७, बैतडीका ६ ,डोटीका ३,दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलार्ई जानकारी दिए ।
यता, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । हालसम्म अछामका २, बझाङ्गका २, बैतडीका १ ,बाजुराका २ ,डडेल्धुराका १, कैलालीका ९ र कञ्चनपुरका १ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए ।
त्यस्तै, प्रदेशमा निको हुने संक्रमित संख्या ६ हजार ७५६ पुगेको छ । विभिन्न अस्पतालबाट थप २५ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ६ हजार ७५६ पुगेको हो ।
हाल विभिन्न अस्पतालहरुमा १०९ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा २५, टिकापुरमा ४१, महाकालीमा २८, अछाममा १०, डोटीमा २ र डडेल्धुरामा ३ जनाको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण