रुपन्देहीमा भयावह बन्दै कोरोना : बेड नपाएर बाटोमै मर्दै संक्रमित
कोरोनासंक्रमणबाट पछिल्ला दिनहरु भयावह बन्दै गरेको रुपन्देहीमा पछिल्लो २४ घण्टाको बीचमा ४ जनाको मृत्यु भएको छ । रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि सरोकारवालहरु चिन्तित बनेका छन् ।
मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् । यसरी मृत्यु हुनेमा कसैको अस्पताल त कसैको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको बुटवलको कोरोना अस्पतालका फोकल पर्शन डा. सुर्दशन थापाले बताए ।
बुटवल–११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासको समस्या रहेको थियो । भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दै बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै बुटवलको बेड नपाए दाड लैजादै गर्दा दाड लैजादै गर्दा बुटवलका एक पुरुषको पनि आज विहानै बाटैमा मृत्यु भएको छ । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
यस्तै, बुटवल–१ का ७० वर्षीय पुरुषको गतराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो
रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको हिजो साँझ दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुने उनी नै पहिलो व्यक्ति हुन् ।
आईसीयू बेडको अभावका कारण ती महिलालाई रुपन्देहीवाट बेलझुण्डी अस्पतालमा पुर्याइएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण