अभिनयमात्रै होइन लुक्स बदल्न पनि माहिर छन् अमिताभ
एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन आज ७८ औं जन्मदिन मनाइरहेका छ । उनी पछिल्ला केही वर्षदेखि युवा अभिनेता र समर्थकहरुका लागि समेत प्रेरणाको स्रोत बनेका छन् । अमिताभ केवल उत्कृष्ट अभिनयमात्रै होइन पात्रअनुसार आफ्नो लुक्स बदल्नसक्ने खुबीका कारण पनि चर्चामा रहन्छन् ।
फिल्म पा मा अमिताभको लुक्सले फ्यानहरुलाई छक्क पारेको थियो । यसमा उनले प्रोग्रेरिया नामक दुर्लभ रोगसँग जुधिरहेका १२ वर्षका एक बच्चाको भूमिका निर्वाह गरेका थिए । यस फिल्ममा अमिताभका छोरा अभिषेक भने उनको बाबुको भूमिकामा थिए ।

फिल्म झुम बराबर झुममा अमिताभको निकै छोटो रोल थियो, तर उनको हिप्पी अन्दाज फ्यानहरुबीच निकै लोकप्रिय भयो । फिल्म शहंशाहमा अमिताभ बच्चको लुक्स र उनको पहिरनलाई लिएर पनि धेरै चर्चा भयो, यस फिल्ममा उनी न्याय दिने एक व्यक्तिका रुपमा देखिएका थिए, जो रातमा आफ्नो हुलिया बदलेर बाहिर निस्कन्छ ।
फिल्म १ सय २ नटआउटमा अमिताभले १ सय २ वर्षका व्यक्तिको भूमिका निभाएका थिए । यस कमेडी फिल्म पनि समर्थकहरुमाझ निकै चर्चित बनेको थियो । गुलाबो सिताबो, बुम, हलिउड फिल्म द ग्रेट ग्याट्सबीलगायत फिल्ममा पनि अभिताभको लुक्स फरक थियो । सुपरहिट फिल्म लावारिसको ‘मेरे अंगने में’ गीतमा उनी एक महिलाको भूमिकामा देखिएका थिए । ११ अक्टुबर १९४२ मा जन्मिएका अमिताभ बच्चनले १९६९ मा रिलिज भएको ‘सात हिन्दुस्तानी’ मार्फत बलिउडमा डेब्यु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण