राष्ट्र बैंकले यो दशैंमा नयाँ नोट नसाट्ने
काठमाडौं । अन्ततः दशैंको समयमा सटही हुँदै आएको नयाँ नोट यसपालि नसाटिने भएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै नोट सहटी नगरिने जानकारी दिएको हो । नोट साट्दा भीडभाड हुने र यसले कोभिड–१० को संक्रमण बढ्नसक्ने भन्दै नोट नसाट्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो ।
बडादशैंको संघारमा आइपुग्दा विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमण नेपालमा समेत तीव्र रुपमा बढ्दै गएको र नेपाल सरकारले सोको रोकथाम र नियन्त्रणका लागि तोकेका स्वास्थ्यसम्बन्धी मापदण्डहरुमा बैंकहरुमा भीडभाड हुन नदिने विषय समेत उल्लेख भएको भन्दै नोट नसाट्ने निर्णयमा राष्ट्र बैंक पुगेको हो ।
‘राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत संक्रमण फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलनसक्ने सम्भावना उच्च भएको परिप्रेक्षमा आम नेपालीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै बडादशैंको प्रयोजनका लागि नयाँ नोटको सटही सुविधा प्रदान नगरिएको व्यहोरा अनुरोध छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह
-
सहकारी समस्या समाधानमा सरकारी पहलदेखि बजेट अधिवेशन आह्वानसम्म
-
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामा पठाउन आदेश
-
सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त
-
पूर्वमन्त्री सुदन किराती भोजपुरमा बाँदर धपाउने अभियानमा व्यस्त
-
भेलु बाजेको निधन