दुई भारतीयले बनाए नेपाली नागरिकता
कपिलवस्तु । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका– १ बाट नेपाली नागरिकता लिएका हुन् ।
बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गरी नागरिकता लिएको खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते नेपाली नागरिकता लिएका थिए । उनले महाराजगञ्ज– १ औरहवाका गोबरे अहिरलाई आफ्नो बाबु बनाई वंशजको नागरिकता लिएको रहस्य खुलेको छ ।
बालजीको भारतीय पिताको नाम भिखी यादव रहेको छ । भारतको मतदाता सूचीमा सो दम्पतीको नाम रहेको जनाइएको छ । उनकी श्रीमतीको नाम भने दुवैतिर एउटै छ । कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले कुनै पनि भारतीयले नेपाली नागरिकता लिनु गलत भएको बताउँदै प्रमाण फेला पर्यो भने तत्काल खारेज हुने स्पष्ट पारे ।
नागरिकता प्रमाणपत्र वितरण कार्य सञ्चालन निर्देशिका, २०७० अनुसार नागरिता ऐनको दफा २१ को उपदफा (१) बमोजिम झुटो विवरण दिई विदेशीले नागरिकता लिएमा एकदेखि पाँच वर्षसम्म कैद वा रु पचास हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण