शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यास सिलिण्डरको धरौटी मूल्य तोकियो

मङ्गलबार, २७ असोज २०७७, १७ : ५८
मङ्गलबार, २७ असोज २०७७

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताए । यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुने पनि उनले बताए ।

एकै प्रकारको सिलिण्डरको दर कति हो भन्ने विषयमा एकरुपता ल्याउनको लागि पनि प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिनु उपभोक्ताका लागि ठिक भएको उनले बताए । संघले तोकेकोभन्दा बढी रकम लिएमा गैह्रकानूनी हुने पनि उनले बताए । अहिलेसम्म उपभोक्तासँग भएका सिलिण्डरको हकमा भने आफुले खरिद गरेको पसलबाट बिल लिनुपर्ने पनि अध्यक्ष भण्डारीले स्पष्ट पारे ।

उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पनि विगतमा एकै प्रकारको सिलिण्डरको मूल्य फरक फरक तिर्नुपर्ने परिपाटीको अन्त्य गर्ने गरी सिलिण्डरको मूल्य तोकिनु उपभोक्ताको दृष्टिकोणले ठिक भएको बताए । तर विगतमा किनिएका करोडौंको संख्यामा रहेका सिलिण्डरको बिल उपभोक्तासँग नभएकाले न्यायोचित ढंगले बिल दिने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

अहिलेसम्म बिक्री भएका सिलिण्डरको बिल कसले दिने हो भन्ने सम्बन्धमा नेपाल एलपी ग्यास उद्योगसँगले समन्वयकारी भूमिका खेल्नुपर्ने तिमिल्सिनाले बताए । संघको गत शुक्रबार बसेको साधारणसभाले सिलिण्डरको धरौटी तोकेको हो । तर यसअघि उपभोक्ताको घरमा पुगेका सिलिण्डरको हकमा कसरी बिल जारी गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय गरेन । यसबाट उद्योगको सम्पत्तिको रुपमा रहने सिलिण्डरको विभिन्न दायित्व आम उपभोक्ताले नै बेहोर्नुपर्ने स्थिति आउने सम्भावना देखिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप