थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ
एजेन्सी । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको घोषणा गरेको छ ।
शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा सङ्कटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले बताएका छन् । विपक्षी समूहले प्रहरीले केही प्रभावशाली नेतासहित २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएको छ । नागरिक अधिकारको लागि भन्दै उनीहरूले बिहीबार बिहानैदेखि प्रदर्शन गरेका थिए ।
प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरिएको स्वीकार गरेको छ । राष्ट्रिय प्रहरी प्रवक्ता यिङग्युस थप्जुमनोङले भने, “आन्दोलनकारीले आफ्ना गतिविधिलाई हिंसात्मक बनाएपछि शान्ति तथा सुव्यवस्था कायम गर्न कम्तीमा २२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको छ । आवश्यक अनुसनधानपछि उनीहरूलाई रिहा गरिनेछ ।”
थाईल्याण्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानुनी व्यवस्था भएपनि प्रदर्शनकारीहरूले राजा महा वाचिरालङ्कनविरूद्ध नारावाजी गरेपछि सरकारले शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताइएको छ ।
युवाहरूले प्रजातन्त्रका लागि भनी गर्दै आएको आन्दोलन थप हिंसात्मक बन्ने देखेपछि देशमा सङ्कटकाल लगाउनुको विकल्प नदेखिएको सरकारी अधिकारीले दावी गरेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गर्दै प्रदर्शन गरेका थिए भने सरकारले देशमा शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताएको छ ।
हजारौं विद्यार्थी तथा सरकारविरोधी कार्यकर्ता बैंककमा भेला भई शाही मोटर गुड्ने मार्गमा नै अवरुद्ध पार्ने उद्देश्यले सडकमा उत्रिएर तीन औला उठाएर साङ्केतिक रूपमा विरोध प्रदर्शन गर्नुका साथै राजा र सरकारका अधिकार कटौतिासमेतको पक्षमा नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीले नागरिकका अधिकारका लागि बैककका सडकमा ओर्लिन र आन्दोलनलाई थप सशक्त पार्न आह्वान गरेका छन् भने सरकारले उनीहरूलाई प्रदर्शनका लागि भेला हुन नदिने रणनीतिस्वरूप सङ्कटकालको घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण