जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा आइपुगेको छः मार्केल
एजेन्सी । जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएकी छिन् । जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितमरु बढ्दै गएकोले उनले सो कुरा बताएकी हुन् । हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ– उनले भनेकी छिन् ।
उनले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका छन् र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको भएको बताएकी छिन् । बिहीबार उनले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरुको सम्पर्कमा आएका मानिसहरुलाई खोज्ने र उनीहरुलाई उपचारको दायरामा ल्याउने बताइन् ।
जर्मनीले अहिलेको अवस्थामा लकडाउन गर्न सक्ने अवस्थामा नरहेको पनि उनले स्पष्ट पारेकी छिन् । उनले भनेकी छिन्– ‘हामी आर्थिक हिसाबले पनि अर्को पटकको लकडाउनको अवस्थामा जान सक्दैनौँ र यही खुला रहेकै अवस्थाबाट नै हामीले उपचारका विधिहरु तय गर्नु पर्दछ ।’ –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण