खाद्य कम्पनीको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति !
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा रहेको लाखौं रुपैयाँबराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारी गरेको छ ।
हुम्ला, जुम्ला, बाजुरालगायतका विकट जिल्लाका नागरिकले भोकभोकै बस्नु परिरहेको बेला अख्तियारले थापाथली गोदाममै ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहाउने कम्पनीका कर्मचारीलाई उन्मुक्ति दिन लागेको हो ।
कम्पनीका कर्मचारीको चरम लापरवाहीका कारण गोदाममै ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको थियो । ३ मंसिर २०७६ मा चामल कुहिएको समाचार राजधानीले प्रकाशित गरेपछि अख्तियारले छानबिन सुरु गरेको थियो । तर, पछिल्ला दिनमा भने अख्तियार स्वयं नै आरोपित कर्मचारीलाई उन्मुक्ति दिन क्रियाशील भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार १० महिना लामो अनुसन्धानपछि चामल कुहाउने कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायरको तयारी भइरहेको बेला अख्तियार आफंै पछि हटेको छ । स्रोतका अनुसार अख्तियारले लाखौंको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चामलको गुणस्तर परीक्षण गरी खानयोग्य नभएको प्रमाणित गरिसकेको चामललाई पुनः खाद्य कम्पनीलाई केही प्यारामिटर परिक्षण गरी ल्याउन भनेको छ ।
सो गोदामको चामल खान योग्न नभएको भन्दै १ पुस २०७६ मै ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्कसमेत भइसकेको छ । सो चामल नष्ट गर्नुबाहेक विल्कप नरहेको अवस्थामा अख्तियारले कम्पनीका कर्मचारीलाई कारबाही हुनबाट बचाउन विभिन्न खेल खेलिरहेको स्रोतको भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण