अक्षय कुमारको नयाँ फिल्म ‘लक्ष्मी बम’ बहिष्कारको माग उठ्यो

सोसल मिडियामा अक्षय कुमार र कियारा आडवाणीको आगामी फिल्म ‘लक्ष्मी बम’ बहिष्कारको माग उठेको छ । फिल्ममा लभ जिहादको आरोप लागेको छ । हालै तनिष्कको एक विज्ञापनमा लभ जिहादलाई प्रोत्साहन गरेको आरोप लागेको थियो । अब यसपछि अक्षय कुमार र कियारा आडवाणीको आगामी फिल्म रडारमा आएको छ ।
यो फिल्म दिवालीमा रिलिज हुँदैछ । फिल्ममा अक्षय कुमारले आसिफको भूमिका निभाइरहेका छन् । यस्तै कियारा आडवाणीले प्रियाको भूमिका निभाइरहेकी छिन् । फिल्ममा पात्रको नामलाई आधार बनाएर बहिष्कार गर्ने माग उठेको हो ।
Is it true ? Then what is going on
— deep (@Imprade65638637) October 13, 2020
Name of movie - #LaxmmiBomb
Release on festival - Diwali
Actor Name - Asif
Actress Name - Priya
Why they r promoting
LOVE JIHAD❓
What culture they r promoting❓#BoycottLaxmiBomb @ShefVaidya @vivekagnihotri @prachyam7
एक प्रयोगकर्ताले लेखेका छन्, ‘के यो सही हो ? फिल्मको नाम के होला ‘लक्ष्मी बम’ र यो दिवालीको अवसरमा रिलिज हुनेछ र पात्रको नाम हुनेछ आसिफ र प्रिया । यी मानिसहरुले लभ जिहादलाई कि प्रोत्साहन दिइरहेका छन् । कुन प्रकारको कल्चरलाई प्रोत्साहन दिइरहेका छन् ? ‘लक्ष्मी बम’ को विरोध गर्नुहोस् । ’
#LaxmmiBomb Curious to know why name of lead changed from Raghav (Original Movie) to Asif (Laxmi Bomb)? @akshaykumar
— Vishal Agarwal (@Vishal17Agarwal) October 14, 2020
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘लक्ष्मी बमको तर्फबाट म यो जान्न चाहन्छु कि किन फिल्मको पात्रको नाम राघवबाट फेरेर आसिफ गरिएको छ ?’
यो फिल्म एक व्यक्तिमा आधारित छ जसलाई एक तेस्रोलिङ्गी भूतको छायाले समात्ने गर्छ । फिल्ममा अक्षय कुमारको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?
-
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
-
मलाई प्यारो छ मेरो जन्मभूमि
-
गलत तरिकाले खुसीयाली मनाउँदा अप्ठ्यारोमा परे कोलकाताका बलर वरुण चक्रवर्ती
-
‘ऊनको स्वीटर’ र ‘जार’को अग्रिम बुकिङ खुला, कसको कति शो ?