४०० करोड लगानीमा तयार हुनेछ प्रभास–सैफ अली खानको ‘आदिपुरुष’
साउथ इन्टष्ट्रिका सुपरस्टार प्रभासले ‘बाहुबली’ मार्फत् दर्शकको मन मुटुमा यस्तो छाप छोड्न सफल भएका छन् कि मानिसहरु उनको अर्को फिल्मको व्यग्र प्रतिक्षा गर्ने गर्छन् । गत वर्ष प्रभासको ‘साहो’ रिलिज भएको थियो जसले राम्रै व्यापार गर्न सफल भएको थियो र उक्त फिल्मको बजेट पनि ३५० करोड थियो ।
अब प्रभास चाँडै नै ओम राउतको फिल्म ‘आदिपुरुष’ मा देखिने भएका छन् । प्रभासको यो फिल्मको बटेज पनि निकै धेरै हुने बताइएको छ ।
भारतीय मिडिया पिंकभिल्लामा प्रकाशित समाचार अनुसार प्रभासको नयाँ फिल्म आदिपुरुष ३५० देखि ४०० करोडको बजेटमा बन्नेछ ।
फिल्मका निर्देशक ओम राउतले वेबसाइटसँगको कुराकानीमा भने, ‘मैले पछिल्ला थुप्रै दिनेदखि यसमाथि अनुसन्धान गरिरहेको थिएँ र यस्तो गर्नका लागि लकडाउनले मेरो असाध्यै मद्दत गर्यो । आदिपुरुषको विषयमा मेरो दिमागमा जस्तो स्क्रिप्ट थियो फिल्म ठ्याक्कै त्यस्तै बनेको छ । मैले एकवर्ष अघि नै यसको स्क्रिप्ट लेखेर राखेको थिएँ । तर अहिले हामीले यसमा धेरै नै परिवर्तन गरेका छौं । तान्हाजी द अनसंग वारियरको अत्यधिक सफलतापछि मानिसहरु आदिपुरुषमा पनि यस्ता भिजुअल हेर्न चाहन्छन् । यस्तै यतिबेला प्रभास भारतका सबैभन्दा ठूला सुपरस्टार हुन् । त्यसैले जब हामीले यो फिल्मबाट बतायौं तब उनी निकै खुसी भए । उनीभन्दा राम्रो हिरो हामीले पाउन सक्दैनथ्यौं ।’
एक स्रोतले वेबसाइटसँगको कुराकानीमा भने, ‘मानिसहरु यतिबेला आफ्नो प्रोडक्सन र बजेटमा कटौती गरिरहेका छन् र ओम राउत र भुषण कुमार (फिल्मका निर्माता) केही ठूलो गर्ने सपना देखिरहेका छन् । यो फिल्म सबैभन्दा ठूलो भारतीय फिल्म हुनेछ जो कोभिड–१९ पछि हलमा रिलिज हुनेछन् । यसमा जुन प्रकारको भीएसएक्सको प्रयोग गरिएको छ त्यो तपाईंले कुनै पनि भारतीय फिल्ममा अहिलेसम्म देख्नुभएको छैन । त्यसैले यो फिल्मको बजेट ३५० देखि ४०० करोडको हुनेछ ।’
स्मरण रहोस्, आदिपुरुषमा प्रभासबाहेक सैफ अली खान पनि मुख्य भूमिकामा हुनेछन् जो नेगेटिभ भूमिकामा देखिनेछन् । फिल्म सन् २०२२ मा थुप्रै भाषा जस्तै हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण