फालिएका मास्कबाटै संक्रमणको जोखिम बढ्यो
लमजुङ । जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि गाउँघरसम्मै मास्क नलगाउने र लगाएकाहरूले समेत जथाभावी फाल्ने गर्दा जिल्लामा उच्च जोखिम बढ्न थालेको हो ।
चाडपर्व नजिकिएसँगै किनमेलका लागि शहरबजारका पसलमा र विभिन्न कार्यालयहरूमा आउने सेवाग्राही तथा सर्वसाधरणको भीड बढिरहेको र कोरोनाको जोखिम बढीरहेको बेला अधिकांशले मास्क बिना हिड्डुल गर्ने र प्रयोग गरेकाहरूले समेत जथाभावी फाल्ने गर्दा स्थानीय बासिन्दा त्रस्त भएको बेँसीशहर नगरपालिका ७ का बिपिन श्रेष्ठले बताए ।
प्रयोग गरी फालिएको मास्कमा थुक, ¥याल र सिँगानको छिटा रहेको हुनसक्ने र यसबाट अन्य ब्यक्तिलाई सङ्क्रमण हुनसक्ने चिकित्सकहरूको भनाइ छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणमा जिल्लाबासी नै जिम्मेवारी तथा सचेत रहनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भने, “प्रशासनले आम नागरिकलाई सचेत रहन, मास्क अनिवार्य प्रयोग गरेर, हिँड्न आग्रह गर्दै आइरहेको छ तर पनि प्रशासनको बेवास्ता र कोरोना सङ्क्रमणकै बेवास्ता गरेका कारण जिल्लामा थप जोखिम बढिरहेको छ ।”
जतिसुकै सचेतनामुलक सूचना जारी गरेपनि कोरोना सङ्क्रमणबाट बच्न विभिन्न तरिका अपनाउन अनुरोध गरेपनि नागरिकहरूले लार्पबाही गरिरहेका छन् । जिल्लामा बिहिबार बिहानसम्म ११४ महिला र ३६० पुरुष गरी ४७४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । यीमध्ये, ८६ महिला र २९६ पुरुष गरी ३८३ सङ्क्रमित निको भइसकेका छन् भने २८ महिला र ६४ पुरुष गरी ९२ जना जिल्लाको विभिन्न आइसोलेसनमा उपचाररत् रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण