सार्वजनिक सवारीलाई कार्तिक १ गतेदेखि पुरानो नै भाडादर कायम गर्न विभागको निर्देशन
काठमाडौं । यातायात व्यवस्था विभागले कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको हो ।
यसै विज्ञप्तिमार्फत विभागले यसअघि व्यवस्था भएको सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने र साविकको भाडा दरमा थप ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था समेत खारेज भएको जनाएको छ । योसँगै सार्वजनिक यातायातका साधनहरुले अब पुरा सिट प्यासेन्जर बोक्न पाउने भएका छन् ।
यसअघि सरकारले गत भदौ २९ गतेको मन्त्रिपरिषदको निर्णयमार्फत असोज १ गतेदेखि लागू हुने गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न र साविकको भाडादरमा थप ५० प्रतिशत भाडा लिन भनेको थियो । यो निर्णयलाई पुनर्विचार गर्दै गत २६ गते बसेको मन्त्रिपरिषदको बैठकले ५० प्रतिशत कम यात्रु र ५० प्रतिशत थप भाडाको दुबै प्रावधान खारेज गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण