टीकामा भौतिक दूरी कायम गर्न अनुरोध
शनिबार, ०१ कात्तिक २०७७, ०७ : १५
काठमाडौँ – कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले दशैँमा टीका लगाउँदा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।
रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने केन्द्रले सबै नागरिकलाई अनुरोध गरेको छ ।
ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा बडादशैँमा टीका थापेर आशीर्वाद ग्रहण गर्दा विशेष ध्यान पु¥याउन जरुरी रहेको भन्दै टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि हात धुन लगाउन केन्द्रले अनुरोध गरेका केन्द्रका अधिकृत दिलीपकुमार महर्जनले जानकारी दिए ।
साथै केन्द्रले यस वर्षको दशैँमा बसोबास रहेकै ठाउँमा घरपरिवारबीच मात्र मनाउन अनुरोध गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण