सभामुख सापकोटाको दशैं भत्ता पनि कोरोना कोषमा
सोमबार, ०३ कात्तिक २०७७, १८ : ३७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई आउने दशैं भत्तावापतको रकम कोरोना कोषमा राख्ने निर्णय गरेका छन् । सभामुख सापकोटाले सोमबार एक विज्ञप्ति जारी गर्दैै उनले आफुलाई प्राप्त चाडपर्व खर्च कोरोना कोषमा उपलव्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् । उनले मुलुक कोरोना महामारी र आर्थिक संकटमा रहेका बेला सत्ता पक्ष र प्रतिपक्ष दलहरुले गरेको सुझबुझपूर्ण निर्णयप्रति हार्दिक धन्यवाद समेत दिएका छन् ।
सभामुख सापकोटाले संघीय संसदका सदस्यहरु तथा संसदीय दलका पदाधिकारीहरु लगायत पार्टी नेतृत्वबाट गरिएको सराहनीय प्रयासमा प्रदेशसभाका माननीय सदस्यहरुबाट पनि सकारात्मक प्रतिक्रियासहित सहयोग जुट्ने आशा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण