दशैंको मुखमा टाटा मोटर्सले गर्यो एकैदिन १११ वटा गाडी डेलिभरी
काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्गले देशैभरिका ग्राहकहरुलाई एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ ।
विश्वब्यापी महामारीको प्रतिकुल परिस्थितिमा पनि एकैदिन १११ वटा गाडीहरु हस्तान्तरण गरिनुलाई सिप्रदीले महत्वपुर्ण उपलब्धिको रुपमा लिएको छ । उत्कृष्ट बिक्री तथा बिक्रीपश्चातका सेवाहरुको सञ्जाल भएको सिप्रदीले तीन दशकभन्दा धेरै समयदेखी टाटा मोटर्सका अत्याधुनिक तथा सुबिधासम्पन्न गाडीको बिक्री बितरण र बिक्रीपश्चातका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
यात्रुका लागि सुरक्षामा बिशेष ध्यान पु¥याइएको टाटाका गाडीहरुले ग्लोबल एनक्याप सुरक्षामा उत्कृष्ट रेटिङ्ग प्राप्त गरिरहेका छन् । टाटाका गाडीहरु सुरक्षित र विश्वसनिय भएकाले ग्राहकहरुको रोजाइमा पर्न सफल भएको छ । टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोरलगाएतका रहेका छन । हालै मात्र सार्वजनिक गरिएको बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोजले पनि नेपाली अटो बजारमा अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको छ ।

बजारको मागअनुसार प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै गइरहेको सिप्रदीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर सेवा पु¥याउँदै आइरहेको छ । साथै टाटा मोटर्सका गाडी खरीद गर्न चाहने खरीदकर्ताहरुले आफुलाई पायक पर्ने टाटा मोटर्सका सोरुमा गएर गाडीहरुको अवलोकन तथा टेष्ट ड्राइभ गरी खरीद गर्न सक्नेछन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण