एकीकृत कृषि मोडेलअनुरुप योजना बनाएर अघि बढ्नुपर्छः कृषिमन्त्री भुसाल
धनुषा । कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालले एकीकृत कृषि मोडेलअनुरुप योजना बनाएर अघि बढ्ने बताएका छन् । धनुषाको कमल नगरपालिकाको पहलमा स्थलगत अनुगमन तथा अध्ययनका लागि आएका कृषिमन्त्री भुसालले सो कुरा बताएका हुन् ।
मन्त्री भुसालले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वय तथा सहकार्यमा स्थानीय साना किसान सहकारी लगायतका संघसंस्थालाई परिचालन गरी बृहत योजनाअनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले कमला नदीको वरिपरि रहेका हजारौँ हेक्टर जग्गालाई कृषियोग्य उत्पादनका लागि उपयोग गरिने स्पष्ट पारे । उनले विभिन्न किसिमका कृषियोग्य वस्तुको उत्पादनका लागि समेत यहाँका स्थानीय किसानका जग्गा तथा जग्गावालको सहभागितामा दिर्घकालिन योजना बनाएर कृषि जोन निर्माण गनुपर्नेमा जोड दिए ।
त्यस्तै पूर्व स्थानीय विकासमन्त्री रामचन्द्र झाले कमला नदीका कारण हजारौँ जग्गा–जमिन नष्ट भएको भन्दै १२ देखि १४ हजार बिघाको उक्त जमिनमा विभिन्न पकेट एरिया बनाएर कृषि कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘यो क्षेत्रमा कुनै ठाउँमा माछा सुपर जोन, कुनै ठाउँमा केरा खेतीको पकेट, कुनै ठाउँमा तरकारी खेतीको पकेट, कुनै ठाउँमा फूल खेतीको पकेट लगायत विभिन्न खेती गरेर त्यस क्षेत्रका किसानहरूको जीवनमा समृद्धि ल्याएर समाजवाद स्थापना गर्न सकिन्छ ।’

प्रदेश नम्बर २ का कृषि, सहकारी तथा भूमी व्यवस्थामन्त्री शैलेन्द साहले केन्द्रीय सरकारले ल्याउने योजनामा आफुहरुको भरपुर सहयोग रहने बताए । अनुगमन तथा अध्ययनका क्रममा प्रदेशसभा सदस्य शत्रुधन महतो, नेकपाका केन्द्रीय सदस्य सुधीर साह, केन्द्रीय सदस्य रत्नेश्वरलाल गोइत, रामकुमार शर्मा, कमला नगरपालिकाका राम उद्गार गोइत, जनक नन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक, विभिन्न मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।
वि.सं. २०६४ सालमा आएको बाढीले गर्दा कमला नदीको दिशा परिवर्तन भएपछि सो भूमि बगरमा परिणत भएको थियो । उक्त बाढीले मुसहर समुदायका १ सय २० घरधुरी बाढीले बगाएको थियो । उक्त बाढीका कारण सयौँ व्यक्ति सुकुम्बासी समेत बन्न बाध्य भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण