कंगनामाथि अदालतको अवहेलना गरेको आरोप, तीन एफआईआर दर्ता
मुम्बई । अभिनेत्री कंगना रनौतमाथि अदालतको अवहेलना गरेको आरोप लागेको छ । सोही कारणले उनी विरुद्ध मुम्बईको एक अदालतमा एफआइआर दर्ता भएको छ ।
एफआईआरमा उनले अदालतविरुद्ध दुर्भावनापूर्ण तथा अपमानजनक पोष्ट गरेको आरोप लगाइएको छ ।
मुम्बईका वकिल अली काशिफ खान देशमुखले अधेरीको मजिस्ट्रेट कोर्टमा उनी विरुद्धको उजुरी दिएका हुन् । जसमा उनलाई धार्मिक समुदायका बीच विग्रह र मनमुटाव पैदा गरेको आरोप समेत लगाइएको छ ।
देशमुखले उजुरीमा लेखेका छन्, ‘अभिनेत्रीमा देशको विविधता र कानुनको सम्मान छैन । यहाँसम्म पनि उनले अदालतको मजाक समेत उडाउँछिन् । बान्द्र अदालतले एफआईआरको आदेशमा कंगनाले ‘पप्पु सेना’टर्मको प्रयोग गरेर अदालतविरुद्ध दुर्भावनापूर्ण र अपमानजनक ट्वीट गरिन् ।’ यस विषयमा १० नोबेम्बरमा अधेरी अदालतमा सुनुवाई हुनेछ ।
कंगनाको विरुद्ध १० दिनमा तीन एफआईआर दर्ता भएको छ । पहिलो किसानहरुको अपमान गरेको आरोपमा तमुकुर(कर्नाटक)को क्याथासान्द्रा थानामा एफआईआर दर्ता भएको छ । यो एफआइआर वकील एलरमेश नाइकले दर्ता गरेका हुन् ।
अर्काे कास्टिङ निर्देशक तथा फिटनेश ट्रेलर साहिल अशरफ अली सैयदले कंगना तथा उनको बहिनी रंगोलीलाई बलिउडमा धर्मको नामबाट फुटल् याउन खोजेको आरोप रहेको छ ।
दर्ता भएको एफआइआरको विषयमा सोधपुछका लागि मुम्बई पुलिसले कंगनालाई २६ र रंगोलीलाई २७ अक्टुवरमा बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण