कैदीबन्दीलाई खसी
शनिबार, ०८ कात्तिक २०७७, ०८ : २४
कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशैँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ ।
लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ ।
गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि तिनलाई खसी उपलब्ध गराइएको बताए ।
यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन् ।
सो कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण