जेम्स बन्डको भूमिका निभाएका अभिनेताको निधन
जेम्स बन्डको भूमिका निभाएका कारण चर्चामा आएका अभिनेता सर शन कोनरीको ९० वर्षको उमेरमा निधन भएको छ । जेम्स बन्डलाई ठूलो पर्दामा ल्याउने पहिलो अभिनेता थिए । यो भूमिकालाई उनले सात फिल्ममा उतारेका थिए ।
दशकौंसम्म उनी फिल्मी पर्दामा राज गरिरहे । सन् १९९८ मा द अनटचेबल्स नामको फिल्मका लागि उनललाई अस्कर अवार्ड दिइएको थियो ।
उनका छोरा जेसन कनरीले उनको निधन बहामासमा भएको जानकारी दिए । उनी पछिल्लो केही दिनदेखि बिरामी थिए । बहामासमा उनको अन्तिम समयमा परिवारका थुप्रै सदस्य उनीसँगै थिए ।
उनले भने, ‘उनी पछिल्लो केही दिनदेखि बिरामी थिए तर हामीलाई अहिले यो स्थितीबाट बाहिर निस्कन समय लाग्नेछ ।’
उत्कृष्ट अभिनेताको अवार्डः
थुप्रै सर्वेक्षणमा सर शन कोनरीलाई जेम्स बन्डको भूमिका निभाउने सबैभन्दा उत्कृष्ट अभिनेता बताइएको थियो ।
सन् २००० मा उनलाई नाइटहुडको उपाधिबाट सम्मानित गरिएको थियो ।
उनी स्कटल्याण्डको स्वतन्त्रताको समर्थक पनि थिए । सन् २०१४ मा उनले एक अन्तरवार्तामा स्कटल्याण्ड बेलायतबाट अलग हुनका लागि मतदान गर्छ भने उनी बहामासको आफ्नो घर छोडेर स्कटल्याण्ड फिर्ता हुने बताएका थिए ।
स्कटल्याण्डकी फर्स्ट मिनिस्टर निकोला स्टरजिअनले भनिन्, ‘आज बिहान सर शन कोनरीको निधनको खबर सुनेर मन भाँच्चियो । हाम्रो देश आफ्नो सबैभन्दा प्रिय छोराको निधनको शोकमा डुबेको छ ।’
साधारण परिवारमा जन्मः
शन कोनरीको जन्म एडिनबरामा २५ अगस्ट सन् १९३० मा भएको थियो । उनका पिता एक कारखानामा मजदुर थिए र आमा घरेलु सहयोगीको रुपमा काम गर्थिन् ।
१३ वर्षको उमेरमा उनले स्कूल छोडिदिए । उनले दुध बेच्ने, कफिन पालिस गर्नेजस्ता काम पनि गरेका थिए । उनी रोयल नेभीमा पनि प्रवेश भए तर पेटमा अल्सर भएका कारण तीन वर्षपछि उनलाई निकालियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण