पर्यटन व्युँझाउन ‘नेपाल साइकल यात्रा’
काठमाडौं । कोभिड–१९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटककर्मीहरु अनेक उपायमार्फत पर्यटन उत्थानमा लागिपरेका छन् । त्यसैक्रममा पर्यटन व्यवसायीहरुको एउटा समूहले ‘नेपाल साइकल यात्रा’ गर्ने भएका छा् । उनीहरुले महेन्द्रनगरदेखि पुर्वी नेपालको पशुपतिनगरसम्म साइकल यात्रा गर्न लागेका हुन् ।
विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा १५ जना सम्मिलित सो साइकल समूह पश्चिम महेन्द्रनगरबाट सुरु भई ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, स्वर्गद्वारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्व काँकडभिट्टासम्म पुग्नेछ । समूहले यो यात्रामार्फत नेपाली पर्यटनलाई जीवन पदन आन्तरिक पर्यटन प्रवर्धनको सन्देश प्रवाह गर्ने नेपाल पर्यटन वोर्डले जनाएको छ ।
काठमाडौंबाट महेन्द्रनगरतर्फ प्रस्थान हुने साइकल यात्रीहरुको समूहलाई वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले १७ कार्तिक (नाभेम्बर २) बिहान बोर्डको कार्यालय, भृकुटीमण्डपबाट बिदाई गर्ने कार्यक्रम रहेको छ ।
वोर्डको प्रवर्धन तथा ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट एसोसिएशन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा हुन लागेको कम्तीमा तीन साताको साइकल यात्रापश्चात समूह काठमाडौं फर्किने छ ।
कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जिवन प्रदान गर्ने उद्धेश्यसहित आन्तरिक पर्यटन प्रवर्धन गर्न र वोर्डको सन्देशलाई देशव्यापी रुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्धत पुग्ने विश्वास लिएको बोर्ड सदस्य दीपक महतले बताए ।
साइकल समूहमा विश्व साइकलयात्री शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पाण्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पाण्डे, सीएन पाण्डे, अशोक सिलवाललगायत छन् ।
पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर हुने शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण