मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

गोगंबुबाट १० किलो गाँजासहित ३ जना पक्राउ

आइतबार, १६ कात्तिक २०७७, १३ : ३७
आइतबार, १६ कात्तिक २०७७

काठमाडौं । प्रहरीले लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भिमसेन थापा गाउँपालिका–६ का २२ वर्षीय राहुल लम्साल, धादिङ गल्छी गाउँपािलका–१ का २५ वर्षीय इश्वर मगर र पाँचथर हिल्याङ गाउँपालिका–६ का १९ वर्षीय गणे मैनाली रहेका छन् ।विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

नयाँबसपार्क पवित्रनगरस्थित मेघा गेष्ट हाउस अगाडि बा ९० प ६२८९ नम्बरको स्कुटरबाट निलो रंगको प्लष्टिकको ठूलो झोला निकालेर गेष्ट हाउसतर्फ लैजाँदै गर्दा पक्राउ परेका उनीहरुको साथबाट १० किलोग्राम गाँजा बरामद भएको एसपी राठौरले बताए । पक्राउ परेका उनीहरुको साथबाट ७ हजार रुपैयाँ नगद समेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप