आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काजलले सार्वजनिक गरिन् पतिसँगको तस्बिर, इन्टरनेटमा भयो भाइरल

आइतबार, १६ कात्तिक २०७७, १४ : ०९
आइतबार, १६ कात्तिक २०७७

मुम्बई । अभिनेत्री काजल अग्रवालले हालै ब्यवसायी गौतम किचलुसँग विवाह गरेकी छिन् । दुवैको विवाह मुम्बईमा भएको थियो । काजल र गौतमको विवाहको तस्बिर अहिले इन्टरनेटमा जताततै छाएको छ । बिवाहपछि काजलले पहिलोपटक पतिसँगको केही तस्बिर शेयर गरेकी छन् । सार्वजनिक तस्बिरमा काजल निकै सुन्दर देखिएकी छन् ।

सार्वजनिक तस्बिरमध्ये पहिलो तस्बिरमा काजल गौतमसँग बिवाह मन्डपमा बसेको देख्न सकिन्छ । तस्बिरमा अभिनेत्रीले जीवन साथीको हात थामेर खुसी देखिएकी छन् । उनले तस्बिरका साथ लेखेकी छन्, ‘मैले आफ्नो आत्मविश्वास, साथी, बेस्ट फ्रेन्ड र आत्माका साथ विवाह गरे । निकै खुसी छु । मैले सबै चिज र आफ्नो घर समेत पाए ।’ 

दोस्रो तस्बिरमा बेहुला–बेहुलीको भेषमा एक अर्काेको शिरमा हात राखेको अवस्थामा देखिएका छन् । उनले यो क्रियाकलापलाई बिवाहको दक्षिण भारतीय परम्परा समेत बताएकी छन् ।  सार्वजनिक गरिएको तस्बिरका साथ उनले फ्यानलाई समेत भनेकी छन् ‘कोरोनाको समय बिवाह गर्नु एक च्यालेन्ज थियो ।’ 

बिवाहका लागि उनले थोरै मानिसलाई बोलाएर सबैको कोरोना टेष्ट समेत गराएकी थिइन् । बिवाहको सबै नियम पालना गरेको समेत उनले जनाएकी छन् ।  काजलको बिवाहको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेका छन् । लुक्सको कुरा गर्ने हो भने विवाहका लागि काजलले डिजाइनर अनामिका खन्नाले डिजाइन गरेको रेड कलरको लेहंगा छानेकी थिइन् । गौतमले भने गोल्डेन पगडीका साथ हात्तीको दात रंगको शेरवानी लगाएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप