दिल्ली शीर्ष दुईमा, हारका बावजुद बैंग्लुरु पनि प्लेअफमा
इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
अब ५ नोभेम्बरमा हुने पहिलो क्वालिफायरमा उसले मुम्बई इन्डियन्सको सामना गर्नेछ । उता, हारका बावजुद बैंग्लुरुले प्लेअफमा स्थान बनाउन सफल भएको छ । बैंग्लुरु तेस्रो स्थानमा रहेको छ ।
अबुधाबीमा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले १५३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।
दिल्लीलाई जीत दिलाउन अजिंका रहाने र शिखर धवनले अर्धशतकीय पारी खेले । रहानले सर्वाधिक ६० रनको योगदान दिए भने धवनले ५४ रन बनाए । बैंग्लुरुका लागि शहबाज अहमदले २ विकेट लिए ।
यसअघि, देवदत्त पडिक्कलको सिजनको पाँचौ अर्धशतकको मद्दतले बैंग्लुरुले ७ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । एबी डिविलियर्सले ३५ रन बनाए । दिल्लीका लागि म्यान अफ द म्याच एनरिच नोर्टजेले ३ तथा कगिसो रबाडाले २ विकेट लिए ।
प्लेअफका लागि मुम्बई, दिल्ली र बैंग्लुरुले आफ्नो स्थान पक्का गरेका छन् । चौथो टोलीको फैसला मंगलबार मुम्बई र हैदराबदबीचको खेलले गर्नेछ । सनराइजर्स हैदराबादले आजको खेल जिते प्लेअफ अफमा स्थान बनाउनेछ भने हारे कोलकता नाइट राइडर्स प्लेअफमा पुग्ने चौथो टिम बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण