मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दिल्ली शीर्ष दुईमा, हारका बावजुद बैंग्लुरु पनि प्लेअफमा

मङ्गलबार, १८ कात्तिक २०७७, ०७ : ४९
मङ्गलबार, १८ कात्तिक २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

अब ५ नोभेम्बरमा हुने पहिलो क्वालिफायरमा उसले मुम्बई इन्डियन्सको सामना गर्नेछ । उता, हारका बावजुद बैंग्लुरुले प्लेअफमा स्थान बनाउन सफल भएको छ । बैंग्लुरु तेस्रो स्थानमा रहेको छ ।

अबुधाबीमा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले १५३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।

दिल्लीलाई जीत दिलाउन अजिंका रहाने र शिखर धवनले अर्धशतकीय पारी खेले । रहानले सर्वाधिक ६० रनको योगदान दिए भने धवनले ५४ रन बनाए । बैंग्लुरुका लागि शहबाज अहमदले २ विकेट लिए ।

यसअघि, देवदत्त पडिक्कलको सिजनको पाँचौ अर्धशतकको मद्दतले बैंग्लुरुले ७ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । एबी डिविलियर्सले ३५ रन बनाए । दिल्लीका लागि म्यान अफ द म्याच एनरिच नोर्टजेले ३ तथा कगिसो रबाडाले २ विकेट लिए ।

प्लेअफका लागि मुम्बई, दिल्ली र बैंग्लुरुले आफ्नो स्थान पक्का गरेका छन् । चौथो टोलीको फैसला मंगलबार मुम्बई र हैदराबदबीचको खेलले गर्नेछ । सनराइजर्स हैदराबादले आजको खेल जिते प्लेअफ अफमा स्थान बनाउनेछ भने हारे कोलकता नाइट राइडर्स प्लेअफमा पुग्ने चौथो टिम बन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप